माैसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव

हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल तराई भू-भागका थोरै स्थानहरूमा कुहिराे लागेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको र एक-दुई स्थानमा हल्का हिमपात/वर्षा भइरहेको छ ।

कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको महाशाखाले जनाएकाे छ । 

सोमबार तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। देशका हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । हिमपातका कारण मुलुकका हिमाली क्षेत्रकाे माैसम भने चिसाे भएकाे छ ।

Facebook Comments