गोरखाका दिवस श्रेष्ठकाे युएईमा निधन
अमेरिका र इजरायलले इरानमा गरेकाे आक्रमणपछि संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा १ जना नेपालीकाे मृत्यु भएकाे छ ।

अवुधाबीमा रहेकाे नेपाली दुताबासका अनुसार गोरखाका दिवस श्रेष्ठकाे मृत्यु भएकाे पुष्टि भएको छ।
२९ वर्षीय श्रेष्ठ मिडलइस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत रहेकाे बताइएकाे छ । श्रेष्ठको निधनप्रति नेपाली राजदूतावास अबुधाबीले गहिरो दुःख व्यक्त गरेको छ।
परिस्थिति सहज भएपछि मृतक श्रेष्ठको शव यथाशीघ्र नेपाल पठाउने पनि दूतावासले जनाएको छ।
युएईमा इरानको आक्रमणमा परी तीन जनाको मृत्यु भएको थियो। बंगलादेशी र पाकिस्तानी नागरिक एक-एक जनाको पनि मृत्यु भएको थियो।
संवेदनशील परिस्थितमा युएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन दूतावासले आग्रह गरेको छ।

साथै, युएई सरकारले जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरू पूर्णरूपमा पालना गर्न समेत दूतावासले अनुरोध गरेको छ।


