माैसमः हिमाली एवं पहाडी क्षेत्रका केही स्थानमा हिमपात एवं वर्षाकाे संभावना
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।
महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षा तथा बाँकी हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको जनाएकाे छ ।
त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरू तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ ।
महाशाखाले मंगलबार राती देशका हिमाली भू-भाग एवं गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ । त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।
Meteorological Analysis

