माैसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका केही स्थानहरूमा आज (बुधबार) दिउँसाे पनि हुस्सु/कुहिरो लाग्नेछ ।

त्यस्तै कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । महाशाखाले कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको उल्लेख गरेकाे छ ।

त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । महाशाखाका अनुसार कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात एवं वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।

Facebook Comments