प्रहरीद्वारा १ कराेडकाे गहना चाेर्ने प्रेम थारू पक्राउ

काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारुलाई पक्राउ गर्न खाेज्दा भागन लागेपछि प्रहरीले गाेली हानेर नियन्त्रणमा लिएकाे हाे ।

नेपालगञ्ज घर भएका थारुलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले नियन्त्रणका क्रममा चलाएकाे गाेली थारुको खुट्टामा लागेको छ । थारूको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

मंगलबार मध्यान्ह रिन्जी लामाको घरबाट थारुले ३० तोला सुन, चाँदीका गहना र सि–माला सहित १ करोड ४ लाख ५३ हजार बराबरको सामान चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

माघ १७ मा भोटेबहालमा पनि २५ तोला सुन चोरी भएको थियो । सो चोरीमा पनि थारुकै संलग्नता रहेको आशंका गरिएको छ । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ ।

मंगलबार दिउँसो १२ बजेतिर थारु टुसाल स्थित रिन्जीको घरमा प्रवेश गरी चौथो तलामा रहेका गहना चाेरेर निस्केकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments