अयातोल्लाह अली खामेनीकाे अन्त्येष्टीमा लाखाैं नागरिक सहभागी
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रममा लाखाैं नागरिक सहभागी भएका छन् ।
तेस्रो दिन पनि लाखौं समर्थकको उपस्थितिमा जारी रहँदा इरानले भविष्यमा नयाँ सुरक्षा रणनीति अपनाउने संकेत दिएको छ ।

तेहरानस्थित ग्रान्ड मोसल्ला हलमा खामेनीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन ठूलो उपस्थिति रहेकाे थियो ।
विश्लेषकहरूका अनुसार नयाँ नेतृत्वले प्रतिराेध व्यापक बनाउने नीति लिने बताइएकाे छ ।
इरानको नयाँ रणनीतिको केन्द्रमा ‘प्रतिरोधमार्फत प्रतिरोध’को अवधारणा रहेको जनाइएको छ । इरानले आफूविरुद्ध फेरि युद्ध भए त्यसको असर आफ्ना सीमाभन्दा बाहिरसम्म विस्तार हुने चेतावनी दिएको विश्लेषण गरिएको छ ।
त्यसको संकेतका रूपमा इरानले होर्मुज जलडमरूमाथिको नियन्त्रणलाई रणनीतिक अस्त्रका रूपमा प्रयोग गर्ने निश्चित छ ।
Facebook Comments

