माैसमः पश्चिमी वायुको आंशिक प्रभाव
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नेछ।
महाशाखाले कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने जनाएकाे छ।
महाशाखाले आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहने उल्लेख गरेकाे छ ।
त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
Facebook Comments

