इन्धन आपूर्तिमा असहजता, दुई दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
नेपाल सरकार मन्त्री परिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकराी दिनुभयाे ।

सरकारका प्रवक्ता पोखरेलका अनुसार सरकारी कार्यालयका साथै शैक्षिक संस्थामा दुई दिन सार्वजनिक विदा दिइएकाे हाे ।
उहाँका अनुसार शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयमा कार्यालय समय ९ देखि ५ बजेसम्मका लागि ताेकिएकाे छ ।
इजरालयल-अमेरिका र इरानवीचकाे युद्धका कारण विश्वबजारमा पेट्रोलियम पदार्थको आपूर्ति शृंखला प्रभावित बनेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा पनि पेट्राेलियम पदार्थकाे मुल्यमा भारी बृद्धि भइसकेको छ । सातामा दुई दिन बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने नेपाल आयल निगमले जनाएकाे छ ।
सवारी साधन सञ्चालनमा जाेर विजाेर प्रणाली, अत्यावश्यक काममा बाहेक सवारी साधानकाे प्रयाेग नगर्ने लगायतका विकल्प पनि निगमले सुझाएकाे छ ।

