कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको छ । कांग्रेसमा विशेष महाधिवेशनबारे विवाद रहेकाे छ ।
जारी बैठकमा पार्टीकाे विशेष महाधिवेशन विवादबारे नेताहरूले धारणा राखिरहेका छन् । विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति संस्थापन पक्षले आपत्ति जनाउँदै आएको छ ।
संस्थापन पक्षका नेताहरूले पार्टी बैठकमा मात्र नभइ सार्वजनिक रूपमा समेत विशेष महाधिवेशनकाे सान्दर्भिकता समाप्त भएकाे बताउने गरेका छन् ।
फागुन २१ गतेकाे निर्वाचनमा सम्पूर्ण रूपमा केन्द्रित हुनुपर्ने संस्थापन पक्षका नेताहरूकाे धारणा छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहितका नेताहरू भने पार्टी विधान अनुसार विशेष महाधिवेशन हुनुपर्ने पक्षमा रहेका छन् ।

