माैसमः केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको । बाँकी भूभागमा आंशिक बादल लागेको छ।
मंगलबार दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ । त्यस्तै देशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मंगलबार राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले उल्लेख गरेकाे छ ।
त्यस्तै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरु तथा बागमती र कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा रहेको छ ।

