जयवीर देउवालाई सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा ७ दिनभित्र हाजिर हुन पत्राचार

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर  देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि हाजिर हुन भन्दै पत्र काटेकाे छ ।

विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको भग्नावशेषमा पुगेर बयानका लागि आउनू भनी पत्र टाँस गरेको हो । पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको उल्लेख गरिएको छ ।

विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान गर्न पुर्जी काटिसकेको थियो ।

जयवीर देउवा विरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धफीकरण विभागमा उजुरी रहेकाे छ ।

Facebook Comments