माैसमः उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने
देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ।
कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राती पनि तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहने तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
Facebook Comments

