कार्की आयोगका प्रतिवेदन प्रधानमन्त्री कार्की समक्ष पेश गरियाे

गत भाद्र २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन सरकार समक्ष पेश गरेकाे छ ।

आयोगले आइतबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको हाे ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभएकाे थियाे । जेनजी आन्दोलनका क्रममा ७६ जनाकाे ज्यान गएकाे थियाे भने अर्बाैकाे सरकारी तथा निजी सम्पत्तिमा आगजनी गरिएकाे थियाे ।

गत भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि बनाइएको सो आयोगको तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिन अघि आयोगले प्रतिवेदन बुझाएको हो ।

जेनजी आन्दोलनपछि कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार बनेसँगै असोज ५ मा जेनजी आन्दोलनबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तीनसदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो । आयोगका सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद्‌ विश्वेश्वर भण्डारी सदस्य रहनुभएकाे थियाे ।

Facebook Comments