माैसमः पश्चिमी वायूको आंशिक प्रभाव

पछिल्ला दिनमा देशैभर चिसाे बढिरहेकाे छ । जल तथा माैसम विज्ञान विभागका अनुसार, हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

शुक्रबार दिउँसाे तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू‍-भागमा मौसम मुख्यतया सफा रहनेछ।

Facebook Comments