मतदाता नामावालीकाे विवरण खरीद गर्नुपर्ने
राजनीतिक दल लगायत उम्मेदवारले मतदाता नामावालीकाे विवरणकाे प्रतिलिपि लिन शुल्क तिर्नुपर्ने भएकाे छ ।
निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको रू. १० हजार तिरेर लिन मिल्ने व्यवस्था मिलाएकाे हाे ।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकामा देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सकिने प्रावधान राखिएकाे छ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ । आयोगले विस्तृत विवरण विद्युतीय रूपमा उपलब्ध गराउनेछ । स्वतन्त्र उम्मेदवारले पनि शुल्क तिरेर मतदाताकाे आवश्यक विवरण लिन सक्नेछन् ।
Facebook Comments

