कोशी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नेछ।

महाशाखाले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने जनाएकाे छ ।

त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले साेमबार राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लाग्ने जनाएकाे छ । त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागमा  साधरणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

महाशाखाले कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुन सक्ने जनाएकाे छ ।

Facebook Comments