फाेनमा भनाभन, भेट्न बाेलाएर हत्या

ललितपुरको पाटन दरबार स्क्वायरमा छुरा प्रहारबाट दुई युवकको हत्या भएको छ ।

फाेनमा भएकाे भनाभनपछि मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले पाटन दरवार स्क्वायरमा बाेलाएर चक्कु प्रहार गरी हत्या गरेकाे खुलेकाे छ ।

प्रहरीका अनुसार झापा घर भई ललितपुर बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको हाे ।

सिर्जनले अरू कसैलाइ फाेन गर्दा भुलवस नेपालीकाे नम्बरमा फाेन डायल भएकाे र फाेनमा भनाभन भएकाे र भेटेर कुरा गर्ने भनेर दरबार स्क्वयारमा भेट भएकाे जानकारी मिलेकाे ललितपुर प्रहरीले जनाएको छ।

हत्यामा संलग्न सञ्जीव नेपालीलाई नियन्त्रणमा लिएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयाे ।

त्यही विषयमा उनीहरूबीच फोनमा भनाभन भयो। भेटेरै कुरा गर्ने भन्दै उनीहरू बुधबार दिउँसो ४ बजेतिर पाटन दरबारमा जम्मा भएका थिए, जहाँ विवाद बढेपछि सञ्जीवले छुरा प्रहार गरेकाे प्रारम्भिक विवरण रहेकाे प्रहरीले जनाएकाे छ ।

गम्भीर घाइते भएका नेम्वाङ दाजुभाइको उपचारका क्रममा बिएन्डबी अस्पतालमा मृत्यु भएको हो । घटना घटेको केही मिनेटमै प्रहरीले सञ्जीव र अर्काे एक जनालाई पक्राउ गरेको थियो ।

Facebook Comments