प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै मतपरिणाम आएको छ । निर्वाचन आयाेगले सार्वजनिक गरेकाे मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट जितेको छ ।
नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८, नेकपा एमालेले ९, नेपाली कम्युनिष्ट पार्टीले ८ सिट, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले १ र स्वतन्त्र उम्मेदवारले १ स्थानमा जीत निकालेका छन् ।
समानुपातिकतर्फ अहिलेसम्मको मत गणनामा पनि रास्वपाले नै अत्याधिक मत हाँसिल गरेकाे छ । समानुपातिक तर्फ पनि दाेस्राेमा कांग्रेस, तेस्राेमा नेकपा एमाले, चाैंथाेमा नेकपा, पाँचाैमा श्रम संस्कृति पार्टी र छैटाैंमा राप्रपा रहेका छन् । आगामी संसदमा ६ वटा राजनीतिक दल र १ स्वतन्त्र उम्मेदवारकाे प्रतिनिधित्व हुने देखिन्छ ।
Facebook Comments

