नेकपाकाे कार्यसंयोजन समितिको बैठक जारी
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठक लम्बिएको छ । पार्टी मुख्यालय पेरिसडाडाँमा जारी बैठकमा आजसम्म ३२ जना नेताहरूले आफ्नो धारणा राखेको नेता प्रकाश ज्वालाले जानकारी दिनुभयाे ।

नेकपा संयाेजक पुष्पकमल दाहाल (प्रचण्ड)ले पेस गर्नुभएको प्रतिवेदनमा केन्द्रित रहेर नेताहरूले धारणा राख्ने क्रम जारी छ ।
अहिलेसम्म अहिलेसम्म करिब ३२ देखि ३५ जनाले आआफ्नो धारणा राखिसकेका छन् । नेताहरूले धारणा राखिसकेपछि शनिबार बैठक सक्ने तयारी छ ।
बैठक प्रतिनिधि सभाको निर्वाचनको समीक्षामा केन्द्रित छ। २२ घटक मिलेर बनेको नेकपा १७ सीटमा खुम्चिएपछि चुनावी समीक्षासहित आगामी रणनीतिबारे छलफल भइरहेको छ।
संयोजक प्रचण्डले अघिल्लो बिहीबार बसेको बैठकमा लिखित धारणा राख्नुभएकाे थियाे ।
बैठक समसामयिक राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा, पार्टीको आगामी कार्य योजना, कार्यदिशा, सङ्गठनात्मक एकताको व्यवस्थापनलगायतको विषयमा केन्द्रित छ ।

