चम्पावती हाइड्रोपावरको १६औं वार्षिक साधारण सभा सम्पन्न

चम्पावती हाइड्रोपावर लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडाैंमा भएकाे साधरणसभाले आर्थिक वर्ष २०८१/ ८२ काे वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, २०८२ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

सार्वजनिक शेयर निष्कासनका लागि नेपाल धिताेपत्र बाेर्डमा आवेदन दिइ पाइपलाइनमा रहेकाे चम्पावती हाइड्रोपावर लिमिटेडले गाेरखा र लमजुङकाे सीमानामा पर्ने चेपे खाेलामा ७ मेगावाट क्षमताकाे चेपे ए जलविद्युत आयाेजना सञ्चालन गरिरहेकाे छ ।

सभामा शेयरधनीहरूले सार्वजनिक शेयर निष्कासनमा भइरहेकाे ढिलाइ सम्बन्धमा चासाे राखेका थिए ।

Facebook Comments