माैसमः चार प्रदेशका केही स्थानमा वर्षा र हिमपातकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो लाग्नेछ।

त्यस्तै देशको उच्च पहाडी र हिमाली भू-भागमा  साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहनेछ ।

महाशाखाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको उल्लेख गरेकाे छ ।

बुधबार राती पनि तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो लाग्ने संभावना रहेकाे महाशाखाले जनाएकाे छ ।

त्यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेकाे छ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Facebook Comments