वायू प्रदशण उच्च, अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन सुझाव
पछिल्लो समय काठमाडौं उपत्यका सहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषण उच्च देखिएकाे छ । प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अनुराेध गर्दै अपिल जारी गरेकाे छ ।
काठमाडौं, पोखरा, विराटनगर लगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पिएम २.५) को मात्रा निकै बढेको छ।
श्वासप्रश्वास र छालाको माध्यमबाट शरीरभित्र पस्ने यी सूक्ष्म र हानिकारक कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने विज्ञहरूले बताएका छन् । श्वासप्रश्वास र छालाको माध्यमबाट शरीरभित्र पस्ने यी सूक्ष्म र हानिकारक कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने विज्ञहरूले बताएका छन् ।
सामान्य आँखा दुख्ने, पाक्ने र दृष्टिमै नोक्सान पुर्याउनेदेखि लिएर मुटु, मिर्गौला, श्वासप्रश्वास सम्बन्धी गम्भीर रोग र क्यान्सर समेत गराउन सक्ने बताइन्छ ।
प्रदूषणबाट बच्न मन्त्रालयले विशेषगरी बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कन सुझाव दिएको छ।
बिहान र साँझको समयमा हानिकारक किटाणु र कणहरू वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले साे समयमा हिडडुल नगर्न मन्त्रालयले आग्रह गरेकाे छ । बाहिर निस्कनै पर्ने अवस्थामा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, आँखा जोगाउन चस्मा वा लगाउन र छालालाई प्रदूषणबाट बचाउन पूरै शरीर छोपिने गरी कपडा तथा टोपी लगाएमा जाेखिम कम हुने मन्त्रालयले सुझाएको छ।

