एसईई नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गर्ने निर्णय गरेको छ ।

सोमबार अपराह्न बसेको बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।  बेलुकी ९ बजेपछि सार्वजनिक गरिएकाे परीक्षाकाे नतिजा सबैले वेभसाइट तथा विभिन्न नम्बरहरूमा म्यासेज पठाएर प्राप्त गर्न सक्नेछन् ।

विगतमा करिब तीन महिना लाग्दै आएको एसईई नतिजा यसपटक भने सरकारकाे पहलपछि पहिलो पटक एक महिनामै नतिजा प्रकाशित गर्न लागिएको हो । 

यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका छन्।

Facebook Comments