सरकारकाे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संघीय संसदकाे संयुक्त बैठकमा पेश गरेकाे छ । सरकारकाे नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय संसदकाे संयुक्त बैठकमा वाचन गर्नुभयाे ।
नीति तथा कार्यक्रममा करको दायरा विस्तार गर्ने नीति लिँदै सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा अनिवार्य आबद्धता गर्ने तयारी गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्नु लक्ष्य रहेको उल्लेख छ ।
१०० बुँदामा समेटिएकाे नीति तथा कार्यक्रममा लगानीका लागि प्राेत्साहन गर्ने, कृषकहरूले उत्पादन गर्ने कृषि उपजकाे समर्थन मुल्य ताेक्ने देखि बजारीकरणसम्मका याेजना समेटिएका छन् ।
डिजिटल प्लेटफर्ममा सबै आर्थिक कारोबारलाई आवद्ध गरी नगदरहित, पारदर्शी र राजस्व चुहावटमुक्त अर्थतन्त्रको औपचारिक सुरुवात गरिने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेकाे छ ।

