माैसमः पहाडी क्षेत्रका धेरै स्थानमा वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भू-भाग नजिक रहेको छ।

महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा देशभर अधिकांश बादल लागेको र कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा मधेश, कर्णाली र सुदुरपश्चिमको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको उल्लेख छ।

शनिबार दिउँसाे देशभर अधिकांश बादल लाग्नेछ भने देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाले देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका तराई भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे उल्लेख गरेकाे छ । 

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी  भू-भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई  भू-भाग तथा मधेश प्रदेको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

शनिबार राती देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको धेरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र  सुदुरपश्चिम प्रदेशको पहाडी र तराई  भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ। 

महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको थोरै  स्थानमा तथा तराई भू-भागका एक-दुई स्थानमा  र कोशी प्रदेशको पहाडी  भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

Facebook Comments