माैसमः काेशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा एवं हिमपातकाे संभावना
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार विहीबार दिउँसाे तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो लाग्नेछ ।
महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहनेछ।
त्यस्तै कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरुमा साथै बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले विहीबार राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मुख्यतया सफा रहने जनाएकाे छ।
Facebook Comments

