माैसमः मुलुकका केही स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी एवं हिमाली क्षेत्रमा हिमपातकाे संभावना
मुलुकका केही स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी एवं हिमाली क्षेत्रमा हिमपातकाे संभावना रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । विहीबारबाट माैसमी गतिविधि बढ्ने र वर्षा हुने संभावना महाशखाले जनाएकाे हाे ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ, बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।
महाशाखाले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा मधेश प्रदेशको थोरै स्थानहरुमा , बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको उल्लेख गरेकाे छ ।
महाशाखाले विहीबार राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ, बाँकी भू-भागमा आंशिक बादल लाग्ने संभावना रहेकाे जनाएकाे छ ।
त्यस्तै कोशी प्रदेशको केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ ।


