यात्रा गर्नुअघि ख्याल गर्नुहाेस ! राजमार्ग अवरूद्ध भएका हुन सक्छन्

देशका विभिन्न १० जिल्लामा पर्ने विभिन्न राजमार्गहरूमा अविरल वर्षा, बाढी र पहिराेले गर्दा क्षति पुगेकाे छ । जसका कारण कतिपय राजमार्गमा सवारी सन्चालन पूर्ण रूपमा अवरूद्ध छ भने कतिपय राजमार्गमा एकतर्फी सवारी सन्चालनमा रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार भाेजपुर जिल्लाकाे भाेजपुर नगरपालिकाकाे बाेखिममा मध्यपहाडी लाेकमार्ग, इलामकाे राजदुवाली क्षेत्रमा मेची राजमार्ग, काभ्काे खुकाेर्ट नेपालथाेकमा वि.पी. राजमार्ग, मकवानपुरकाे हेटाैंडा ठिंगनमा कान्ति लाेकपथमा सवारी सन्चालनमा पहिराे तथा बाढी पहिराेका कारण कठिनाइ भएकाे छ ।

त्यस्तै सिन्धुपाल्चाेककाे भाेटेकाेशी गाउँपालिकाकाे चारकिलाेमा अरनिकाे राजमार्ग, रसुवामा त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक, रूकुमपूर्वमा मध्यपहाडी लाेकमार्ग, रूकुमपश्चिममा भेरी करिडाेरमा सवारी सन्चालन पूर्ण रूपमा अवरूद्ध बनेका छन् ।

लमजुङमा मध्यपहाडी लाेकमार्ग, बागलुङमा कालीगण्डकी करिडाेरमा भने एकतर्फी सवारी सन्चालनमा रहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments