माैसमः तराईका केही स्थानमा हुस्सु रहने, पहाडी र हिमालका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना

२०८२ फागुन ०२ गते (शनिबार)

दिउँसोः तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा  साधरणतया  बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली  भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

रातीः तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमालीमा  साधरणतया  बादल लाग्नेछ तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा  आंशिक  बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Facebook Comments