ललितपुरमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु

ललितपुरमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार राति प्रदेश-०१-००४ क६२२८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा ४ जनाकाे मृत्यु भएकाे हाे ।

प्रहरीका अनुसार दुर्घटनामा परी ट्रकका चालक ललितपुरको गोदावरी नगरपालिका-६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको हाे ।

ट्रकमा सवार करिब ४० वर्षीय र ५० वर्षीय दुई जना पुरुषको भने उपचारका लागि पाटन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय ललितपुरले २ जनाको सनाखत हुन बाँकी रहकाे जनाएकाे छ ।

Facebook Comments