२०८२ इतिहास भाे, २०८३ मा पाका र नवयुवावीचकाे सहकार्यले ‘सिनर्जी’ सिर्जना गरोस्ः
नेकपा एमालेका अध्यक्षा केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ मा नवयुवासँग सहकार्यकाे अपेक्षा व्यक्त गर्नुभएकाे छ ।
सामाजिक सञ्जाल मार्फत् नयाँ वर्षा २०८३ काे शुभकामना दिंदै उहाँले सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि – २०८२ अब इतिहास भयो, २०८३ मा पाको अनुभव र नवयुवा ऊर्जाबीचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् भनि शुभकामना व्यक्त गर्नुभएकाे छ ।
उहाँले सन्देशमा लेख्नुभएकाे छ, ‘इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् । नयाँ वर्ष २०८३ को सबैमा हार्दिक शुभकामना !’
Facebook Comments

