सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्ः प्रधानमन्त्री
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नयाँ वर्ष २०८३ का अवसरमा सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस् भनी शुभकामना व्यक्त गर्नुभएकाे छ ।
सामाजिक सञ्जाल मार्फत् नेपाली नयाँ वर्ष २०८३ काे शुभकामना दिंदै प्रधानमन्त्री साहले हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भनी कामना गर्नुभएकाे छ ।
प्रधामनमन्त्री शाहकाे शुभकामना सन्देश
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥
हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
Facebook Comments

