आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा मृत्यु भएको छ ।  कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको निधन भएको अस्पतालका निर्देशक डा किरण नकर्मीले जानकारी दिनुभयाे । 

काठमाडौँको बुद्धनगरका ४५ वर्षीय आश्विन राउत, मुगुका गणेश नेपाली र सर्लाहिका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको हो ।

शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । 

मण्डलले पेट्रोल छर्केर आफैँलाई आगो लगाएकाे बताइन्छ । आफन्तका अनुसार बायोलोजिमा एमएस्सी गरेका विवेक एक वर्षदेखि पारीवारिक ऋण एवं राेजगारी अभावकाे समस्यामा रहेकाे पारीवारीक स्राेतले जनाएकाे छ ।

यसै हप्ता मात्र काठमाडाैंमा मुगुका गणेश नेपाली र काठमाडौँको बुद्धनगरका ४५ वर्षीय आश्विन राउतकाे पनि उपचारकै क्रममा मृत्यु भएकाे थियाे ।

Facebook Comments