रास्वपा सचिवालय बैठक बस्दै, समानुपातिक सांसद सिफारिश गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो ।
प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार १० बजे पार्टीकाे केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिनुभएकाे छ । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा राखिएकाे छ ।
Facebook Comments

