माैसमः मुलुकका केही स्थानमा वर्षा एवं पहाडी तथा हिमाली क्षेत्रमा हिमपातकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार २०८२ चैत्र ०२ गते सोमबार दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा  साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।

महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेको जनाएकाे छ ।

त्यस्तै कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले तराई भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाएकाे छ। 

साेमबार राती कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्ने जनाइएकाे छ ।

त्यस्तै गण्डकी,  कर्णाली र सुदुरपश्चिम  प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ । 

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

Facebook Comments