चन्दा लिएकाे आराेपमा २ जना पक्राउ
नपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ता चन्दा असुलीकाे आराेपमा पक्राउ परेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिइ गएको विशेष प्रहरी टोलीले नेकपा बहुमतका २ जना कार्यकर्ता लाई नियन्त्रणमा लिएकाे हाे ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई बिथोल्न कास्की जिल्ला स्थित विभिन्न स्थानमा “माओवादीका कार्यकर्ता हौ” भनी डरधाक धम्की दिई गैरकानूनी रूपमा चन्दा संकलन गर्दै हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा मिति २०८२।११।०३ गते नियन्त्रणामा लिएकाे जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएकाे छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं. १३ छाब्दी बस्ने वर्ष ३२ को अग्नी भन्ने लक्ष्मण पाण्डे (केन्द्रिय सदस्य ने.क.पा बहुमत) र जिल्ला कास्की माछापुच्छ्रे गाँउपालिका वडा नं. २ बस्ने वर्ष ३७ को भिमसेन परियार (सेक्रेटरी ने.क.पा बहुमत) छन् ।
प्रहरीले उनीहरूकाे साथमा सहयाेग रसिद, किताव, नगद, सहयाेग गर्न उल्लेख गरिएकाे पत्र लगायतका सामाग्रीहरू समेत बरामद गरिएकाे र कास्की जिल्ला अदालतबाट चन्दा ऐन सम्बन्धी कसूर अन्तर्गत दिन पाँच (५) म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
बरामद सामानहरुको विवरण र फोटो :-
- निजहरुले भिरेको झोलामा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) गण्डक व्यूरो लेखिएको
रसिद नं. १४२१ देखी १४४० सम्म भएको रसिदको ठेली १ थान (जसमा विभिन्न व्यक्ति
र संघसंस्थाहरुको नाममा काटिएका रसिद नं.१४२१ देखी १४३५ सम्मका १५ थान
अर्धकट्टी रहेको), - नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिल्ला समिति कास्की पत्र संख्या २०८२।०८३,
आर्थिक सहयोग सम्बन्धमा उल्लेख भएको सेक्रेटरी क.वृन्दा को हस्ताक्षर भएको पत्र
पाना २० थान, - पहेँलो रंगको खाली खाम १५ थान,
- नगद रु. २३,०००।– (अक्षरुपी तेईस हजार)
टेलिफोन नं. +९७७-९८५६०३५५१२, ईमेल: dpokaski@gmail.com
- जातवार्ता आहुति लेखिएको पुस्तक १ थान,
- खैरो रंगको डायरी २ थान,
- मोवाईल ३ थान ।

