यूएईद्वारा हवाई मार्ग खुल्ला

इरानकाे मिसाइल र ड्रोन आक्रमण जारी राखेपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले बन्द गरेकाे हवाई मार्ग मंगलबारबाट पुनः खुल्ला गरेकाे छ ।

युइईले साेमबार भने करिब दुई घण्टासम्म बन्द गरेको आफ्नो हवाई मार्ग (एयरस्पेस) मंगलबार पुन: खुला गरेको हाे ।

अमेरिका र इजरायलसँग जारी द्वन्द्वको तेस्रो सातामा पनि इरानले मिसाइल र ड्रोन आक्रमण जारी राखेपछि सुरक्षा सावधानीस्वरूप यूएईले अस्थायी रूपमा हवाई मार्ग बन्द गरेको थियो ।

नागरिक उड्डयन प्राधिकरणले सञ्चालन तथा सुरक्षा अवस्थाको व्यापक मूल्यांकनपछि सम्बन्धित निकायहरूसँग समन्वय गरेर हवाई मार्ग खुल्ला गर्ने निर्णय गरेकाे हाे ।

यसअघि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएपछि उडान सेवा प्रभावित भएको थियो।  इन्धन भण्डारण केन्द्रमा लागेको आगलागीपछि सोमबारबाट सीमित उडान तालिका पुन: सञ्चालन गरिएको थियो ।

उक्त घटनामा कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । यो विमानस्थलमा भएको चौथो ड्रोनसम्बन्धी घटना हो ।

Facebook Comments