स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु
स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाकाे मृत्यु भएकाे समाचार छ । स्पेनको दक्षिणी भागमा दुई वटा उच्च गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको हाे ।
दुर्घटनामा २५ जना गम्भीर घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
स्पेनको रेल निकाय एडीआईएफका अनुसार आइतबार मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको एक उच्च गतिको रेल कोर्डोबाको एडामुज नजिक ट्र्याकबाट चिप्लिएर अर्को ट्र्याकमा पुगेको थियो । सोही क्रममा विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा दुवै रेल ट्र्याकबाट खसेका हुन् ।
स्पेनको गृह मन्त्रालयले हालसम्म कम्तीमा २१ जनाको मृत्यु पुष्टि गरेको छ । एन्डालुसिया क्षेत्रको आपतकालीन सेवाले २५ जना गम्भीर रूपमा घाइते भएको बताएको छ ।
दुर्घटनापछि एन्डालुसिया क्षेत्रबाट म्याड्रिडतर्फका रेल सेवा स्थगित गरिएको छ ।

Facebook Comments

