कांग्रेस सभापति थापाद्वारा पदबाट राजीनामा
नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिनुभएकाे छ ।
गत पाैषमा सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुनुभएका सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुधबार राजीनामा दिनुभएकाे हाे ।
कांग्रेसले औपचारिक जानकारी भने दिएकाे छैन, बुधबार बस्नै केन्द्रीय समितिकाे बैठकमा सभापतिकाे राजीनामाबारे औपचारिक छलफल गर्ने तयारी रहेकाे बुझिएकाे छ ।
कांग्रेसले चुनावी समीक्षा गर्न शुक्रबार दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित अधिकांशले सभापति थापालाई राजीनामा नदिन सुझाएका थिए । तर सभापति थापाले फागुन २१ काे निर्वाचनमा पार्टीले पराजय भाेगेका कारण नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुभएकाे हाे ।
फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा सभापति थापा सर्लाही ४ बाट पराजित हुनुभएकाे थियाे । सभापति थापासहित चुनाव उठेका सबै पदाधिकारी पराजित भएका थिए ।
कांग्रेसकाे विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति वैधानिक नरहेकाे भन्दै सर्वाेच्चमा दायर रिट विचारधीन अवस्थामा छ ।

