माैसमः पश्चिमका केही स्थानमा हावाहुरी, भारी वर्षा र हिमपातको सम्भावना
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र काेशी प्रदेशमा साधारणतया बादल लागेको छ बाँकी भू-भागमा आंशिक बादल लागेको छ ।

महाशाखाले यतिबेला सुदुरपश्चिम, कर्णाली र काेशी प्रदेशका एक-दुई स्थानमा भने मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा एवं हिमपात भइरहेको छ ।
शुक्रबार दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी , लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना सहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।
त्यस्तै कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा हावाहुरीका साथै भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।
शुक्रबार राती देशभर अधिकांश बादल लाग्नेछभने कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशको धेरै स्थानहरू, र बाँकी प्रदेशका केहीस्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना सहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेको छ।

