प्रतिनिधिसभा निर्वाचनः देशैभर उत्साहजनक रूपमा उम्मेदवारी दर्ता
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४८४ जनाले जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयाेगका अनुसार निर्धारित समयभित्र ३८५ महिला, ३ हजार ८८ पुरुष र १ अन्य गरी ३ हजार ४८४ जनाले मनोनयन दर्ता गराएका हुन् ।
मंगलबार उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन आचार संहिता अनुसार २५ जनाभन्दा बढी लैजान नपाइने भएपनि निर्वाचन अधिकृतकाे कार्यालयसम्म पुग्ने क्रममा भने साे नियम पालना भएन ।
दलका उम्मेदवारहरू बाजागाजासहित सयाैंकाे जुलुस लिएर उम्मेदवारी दर्ताका लागि पुगेका थिए ।

यसपटक ४ पूर्वप्रधानमन्त्रीहरू निर्वाचनकाे मैदानमा उत्रिएका छन् । नेकपाका तर्फबाट पुष्पकमल दाहाल (प्रचण्ड)ले रूकुम पूर्व, नेकपाबाटै माधवकुमार नेपालले राैतहट १, नेकपा एमालेका ओलीले झापा क्षेत्र नं. ५ , प्रगतिशील लाेकतान्त्रिक पार्टीबाट बाबुराम भट्टराईले गाेरखा क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

