माैसमः पश्चिमी न्यून चापीय र स्थानीय वायूको प्रभाव, केही स्थानमा हावाहुरी र असिना पर्ने
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अधिकांश बादल लागेको छ ।
महाशाखाले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित मध्यम सम्मको वर्षा एवं हिमपात भईरहेको छ ।
शनिबार दिउँसो देशभर अधिकांश बादल लाग्ने महाशाखाले उल्लेख गरेकाे छ ।
त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू, कर्णाली प्रदेशको केही स्थानहरूमा तथा सुदुरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना, हावाहुरी सहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले कोशी, मधेश र लुम्विनी प्रदेको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी तराई भू-भागमा आँशिक बादल लाग्ने जनाएकाे छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा, मधेश र बागमती प्रदेशका लगायत बाँकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना, हावाहुरी सहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेको छ ।

