माैसमः शुक्रबार ३ प्रदेशका केही स्थानहरूमा वर्षा हुन सक्ने
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभरका केही स्थानमा बाहेक अन्यत्र माैसम सफा रहेकाे छ ।
महाशाखाका अनुसार तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेकाे छ भने कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेकाे छ । यी बाहेक बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेकाे महाशाखाले उल्लेख गरेकाे छ ।
महाशाखाले भाेली माघ ९ गते (शुक्रबार) लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले प्रकाशन गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।


