माैसमः उच्च पहाडी र हिमालका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना
यतिबेला तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लागेकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ ।
महाशाखाले पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहने जनाएकाे छ । महाशाखाका अनुसार साेमबार दिउँसाे देशको उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ।
साेमबार राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो लाग्ने महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

