माैसमः हिमाली तथा पहाडी क्षेत्रका एक दुइ स्थानमा भारी वर्षाकाे संभावना
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ।
महाशाखाले यतिबेला कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश साथै र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको उल्लेख गरेकाे छ ।
कोशी र कर्णाली प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षा भैरहेको पनि महाशाखाले जनाएकाे छ ।
विहीबार दिउँसाे देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्ने, महाशाखाले जनाएकाे छ ।
त्यस्तै देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको एक दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।
महाशाखाका अनुसार विहीबार राती देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। त्यस्तै महाशाखाले देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे उल्लेख गरेकाे छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।
कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेकाे छ ।

