माैसमः चार प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातकाे संभावना
२०८२ चैत्र १० गते मङ्गलबार दिउँसाे कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भु-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आँशिक बादल लाग्ने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भु-भागका थोरै स्थानहरूमा साथै कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मङ्गलबार राती देशको हिमाली भु-भागमा साधारणतया बादल लाग्ने र पहाडी भू-भागमा आँशिक बादल लाग्ने महाशाखाले उल्लेख गरेकाे छ ।
त्यस्तै तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ।

