कोलम्बियामा वायु सेनाको विमान दुर्घटनामा ३४ जनाकाे मृत्यु
कोलम्बियामा वायु सेनाको विमान दुर्घटना हुँदा ३४ जनाकाे निधन भएको छ । कोलम्बियाको प्युर्टो लेगुइजामोमा १२५ जना सवार सैन्य विमान दुर्घटना भएको हो ।
१२५ जना सवार कोलम्बियाली वायुसेनाको विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विमानमा जसमा ११० सैनिक र ११ चालक दलका सदस्यहरू रहेकाे र पुटुमायोको अर्को शहरमा सेनाहरू लैजान लागेकाे बताइएकाे छ ।
दुर्घटना स्थलबाट कम्तीमा ७७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको वायु सेनाले जनाएको छ ।
कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले सैन्य विमान दुर्घटनामा शोक व्यक्त गर्नुभएकाे छ ।
दुर्घटनाग्रस्त सी-१३० हर्कुलस संसारको सबैभन्दा भरपर्दो सैन्य विमान भएपनि के कारणले दुर्घटनामा पर्याे भन्नेबारेमा अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।

Facebook Comments

