रास्वपा महाधिवेशनः सभापतिमा लामिछाने निर्विराेध, केन्द्रीय सदस्यका लागि मतदान हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध चयन हुनुभएकाे छ । चितवनकाे भरतपुरमा जारी महाधिवेशनकाे नेतृत्व चयन प्रक्रियाका क्रममा सभापति पदका लागि लामिछानेकाे मात्र उम्मेदवारी परेकाले उहाँ निर्विराेध चयन हुनुभएकाे हाे ।

९९ केन्द्रीय सदस्य पदका लागि चार सय बढीकाे उम्मेदवारी परेकाे बताइएकाे छ । केन्द्रीय सदस्यमा पहिलो चरणको मतदान सकिएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको निर्वाचन हुनेछ ।

बिहान ९ बजेदेखि हुने भनिएको मतदान लम्बिने भएको छ । ९९ जना केन्द्रीय सदस्य पदको लागि हुने निर्वाचनमा अहिलेसम्म निर्वाचन आयोगले सर्ट लिस्ट नै निकाल्न सकेको छैन । 

खुल्ला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा मिलाउनुपर्ने हुन्छ । तर आयोगले उम्मेदवारहरूको सर्ट लिस्ट उपलब्ध नगराउँदा प्रक्रिया अगाडि नबढेको हाे ।

‘बिहान ४ बजेसम्म काम गरेर सबै प्राविधिक कुरा मिलाई सकेका छौं । आयोगबाट उम्मेदवारको लिस्ट आउने बित्तिकै क्लस्टरको आधारमा अगाडि सेटिङ मिलाएर भाेटिङ सुरू गराउने तयारी छ ।

मतदान गर्न एक व्यक्तिका लागि कम्तीमा २० मिनेट लाग्ने भएकाले १५ घण्टा बढी समय मतदानका लागि लाग्ने प्राविधिकले जनाएका छन् । जसका कारण बुधबारसम्म सक्ने भनिए पनि महातधिवेशन लम्बिने देखिएकाे छ ।

रास्वपामा १९ पदाधिकारी र १५१ सदस्य  केन्द्रीय समितिको व्यवस्था छ । रास्वपाले मतदानको लागि राम-लक्ष्मण भोटिङ मसिन प्रयोग गरेको छ ।

Facebook Comments