बाढी पहिराेले १४ जिल्लाका राजमार्गमा प्रभाव, यातायात सन्चालनमा कठिनाइ

अविरल वर्षा, बाढी र पहिराेका कारण देशका मुख्य राजमार्गमा समेत यातायात सन्चालन अवरूद्ध भएकाे छ । जसका कारण काेशी प्रदेशका भाेजपुर, इलाम, खाेटाङ, बागमती प्रदेशका काभ्रे, मकवानुपर, सिन्धुपाल्चाेक, दाेलखा र रसुवा जिल्लामा विभिन्न राजमार्गमा सवारी सन्चालनमा अवराेध भएकाे छ ।

त्यस्तै गण्डकी प्रदेशका बागलुङ, लमजुङ, कर्णाली प्रदेशकाे रूकुम पश्चिम, मुगु, लुम्बिनी प्रदेशकाे राेल्पा र सुदुरपश्चिम प्रदेशकाे अक्षाम जिल्लामा समेत सवारी सन्चालनमा अवराेध पुगेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments