पहाडी र हिमाली भु-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
बुधबार दिउँसाे कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी पहाडी र हिमाली भू-भागमा आँशिक बादल लाग्ने संभावना छ ।
महाशाखाले तराई भू-भागमा मौसम मुख्यतया सफा रहने जनाएकाे छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भु-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
बुधबार राती सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाले कोशी र गण्डकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख गरेकाे छ।

